PRABHU BANK

सेञ्चुरी कमर्सियल बैंक र कोहलपुरको होटल अतिथीबीच सम्झौता, बैंकका ग्राहकले होटलमा १० प्रतिशत छुट पाउने

 century bank
  • बैंकिङ संसार
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले कोहलपुरस्थित मेडिकल कलेज लाइन बाँकेस्थित होटल अतिथीमा छुट पाउनेछन् ।
सम्झौता अनुसार बैंकका ग्राहकले विभिन्न सेवा सुविधामा दिइने छुट पाउनेछन् । बिहीबार बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको हो । 
सम्झौताअनुसार बैंकका क्रेडिट र डेबिट कार्ड ग्राहकले होटलको सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् । उक्त सम्झौता पत्रमा बैंकका बाँसगढी शाखा प्रबन्धक प्रदीप खरेल र होटल अतिथीका प्रबन्ध निर्देशक नरबहादुर ओलीले हस्ताक्षर गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै