महालक्ष्मी विकास बैंकलाई ‘राइजिङ स्टार–ग्रोथ’ अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । महालक्ष्मी विकास बैंकले ‘राइजिङ स्टार–ग्रोथ’ विधाअन्तर्गत प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ। भारतको इन्डियन चेम्बर अफ कमर्स (ICC) ले आयोजना गरेको चौथो इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एन्ड अवार्ड्स २०२६ मा बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो।

जुलाई २४ मा भारतको नयाँदिल्लीमा आयोजित कार्यक्रममा नेपाल, भारत, श्रीलंका, बंगलादेश र म्यानमारका बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको थियो। डिजिटल बैंकिङ सेवाको विस्तार, नवीन वित्तीय उत्पादन विकास, व्यवसाय विस्तार, वित्तीय पहुँच अभिवृद्धि तथा उत्तरदायी बैंकिङ अभ्यासमा पुर्‍याएको योगदानका आधारमा महालक्ष्मी विकास बैंकलाई ‘राइजिङ स्टार–ग्रोथ’ अवार्ड प्रदान गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार यस सम्मानले अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा आफ्नो पहिचान अझ सुदृढ बनाउने विश्वास लिइएको छ।

यसअघि पनि महालक्ष्मी विकास बैंकले यही अवार्ड कार्यक्रममा ‘एसेट क्वालिटी’ विधाअन्तर्गत अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको थियो।

‘सबल बैंक, सफल सहकार्य’ भन्ने नारासहित सेवा दिँदै आएको बैंकले हालै काठमाडौं महानगरपालिका–३०, ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको जनाएको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै