DISH HOME

महालक्ष्मी विकास बैंकले ल्यायो पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड, फोनपेसँगको सहकार्यमा सुरु

काठमाडौं । महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङलाई अझ प्रभावकारी र आधुनिक बनाउने लक्ष्यसहित फोनपे सँगको सहकार्यमा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ।

अब ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’ मार्फत महालक्ष्मी फोनपे क्रेडिट कार्डको सुविधा सहजै प्राप्त गर्न सक्नेछन्। यस कार्डमार्फत ग्राहकले कुनै पनि स्थानबाट फोनपे क्युआर मर्चेन्टमा भुक्तानी गर्नका साथै अनलाइन खरिदमा समेत प्रयोग गर्न सक्नेछन्।

भौतिक क्रेडिट कार्डको जस्तै, यस भर्चुअल कार्डमा पनि ४५ दिनसम्मको ब्याजरहित अवधि र लचिलो किस्ताबन्दी सुविधा उपलब्ध छ। कार्ड बोकेर हिँड्नुपर्ने झन्झट हटाउने यो सेवा सुरक्षित, सहज र पूर्ण रूपमा डिजिटल रहेको बैंकले जनाएको छ।

सेवाको सुरुवातसँगै बैंकले भर्चुअल क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकलाई ५०० रुपैयाँसम्मको क्यासब्याक अफर पनि प्रदान गर्दैछ, जसले सेवालाई झन आकर्षक बनाउने विश्वास बैंकले व्यक्त गरेको छ।

डिजिटल प्रविधिमा अग्रसर महालक्ष्मी विकास बैंक यो सेवा सञ्चालन गर्ने पहिलो विकास बैंक बनेको छ। आगामी दिनमा डिजिटल सेवा र मोबाइल एप्लिकेसनलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता समेत बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै