DISH HOME

राष्ट्र बैंकको कदम: बैंक प्रणालीबाट फेरि ३० अर्ब झिकिँदै

काठमाडौं । बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले असार १५ गते फेरि ३० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ।

तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण (डिपोजिट कलेक्शन टुल) प्रयोग गर्दै बैंक तथा वित्तीय संस्थाबाट पैसा तान्न लागेको हो।

निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ प्रस्ताव गर्न सक्नेछन् भने अधिकतम सीमामा ५ करोडको गुणात्मक अंकमा भाग लगाइनेछ, जसमा बाँकी रकम निःशेष हुनेछ । यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् ।

बोलकबोल ब्याजदरमा हुने निक्षेप संकलनको अवधि भदौ १५ गतेसम्म रहनेछ । सो दिन मूलधनसहित ब्याज फिर्ता गरिने राष्ट्र बैंकले जनाएको छ।

हाल बैंकहरूमा कर्जाको माग अपेक्षित रूपमा नबढेकाले तरलता बढी देखिएको हो। यसैकारण बैंक तथा वित्तीय संस्थाहरू ३ प्रतिशतको हाराहारीको ब्याजदरमै राष्ट्र बैंकलाई पैसा राख्न बाध्य भइरहेका छन्।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै