prabhu

महालक्ष्मी विकास बैंक: सबैभन्दा कम कोष लागत भएको विकास बैंकको रूपमा स्थापित

काठमाडौँ। महालक्ष्मी विकास बैंक चालु आर्थिक वर्ष २०८१-८२ को तेस्रो त्रैमाससम्म आइपुग्दा सबैभन्दा कम कोष लागत भएको विकास बैंक बन्न सफल भएको छ।

बैंकले हालै सार्वजनिक गरेको वित्तीय विवरण अनुसार, चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म बैंकको कोष लागत ५.०४ प्रतिशतमा झरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो दर ७.६२ प्रतिशत थियो । कोष लागतमा आएको गिरावटले बैंकको आधार दर (बेस रेट) मा समेत सकारात्मक प्रभाव परेको छ । अहिले बैंकको आधार दर ७.१४ प्रतिशत रहेको छ, जुन अधिकांश बैंकहरूको तुलनामा कम हो ।

न्यून आधार दरका कारण ग्राहकहरूले लिने कर्जामा लाग्ने ब्याजदरसमेत कम हुने भएकाले ऋणीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने देखिन्छ । साथै, नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी कोषको मापदण्डअनुसार महालक्ष्मी विकास बैंकको पुँजी अनुपात पनि सुदृढ देखिएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म यो अनुपात १५.७५ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको १२.७५ प्रतिशतभन्दा उल्लेखनीय रूपमा उच्च हो ।

प्रविधिमा केन्द्रित बैंकिङ रणनीतिअनुसार, महालक्ष्मी विकास बैंकले हालै आफ्नो मोबाइल एप्लिकेसनलाई परिमार्जन गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’  सञ्चालनमा ल्याएको छ । बैंकले निकट भविष्यमा आफ्ना सेवाहरूलाई अझ प्रविधिमैत्री बनाउँदै लैजाने योजना पनि सार्वजनिक गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै