DISH HOME

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समय वैशाख २१ गतेसम्म लम्बियो

काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंकले निष्काशन गरेको ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ मा अब बैशाख २१ गतेसम्म आवेदन दिन सकिने भएको छ।

बैंकले १,००० रुपैयाँ अंकित दरमा २५ लाख कित्ता (२ अर्ब ५० करोड रुपैयाँ) ऋणपत्र निष्काशन गरेको छ। बैंकले ६० प्रतिशत (१५ लाख कित्ता) व्यक्तिगत तबरबाट र ४० प्रतिशत (१० लाख कित्ता) सर्वसाधारणमा बाँडफाँड हुने जनाएको छ। जसमध्ये ५ प्रतिशत (५० हजार कित्ता) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

त्यस्तै, सर्वसाधारणले ९ लाख ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। ऋणपत्रको ब्याजदर वार्षिक ७ प्रतिशत हुनेछ। जुन अर्धवार्षिक रूपमा कर कटौतीपछि भुक्तानी गरिनेछ।

यता, न्यूनतम २५ कित्ता आवेदन अनिवार्य छ। क्रेडिट रेटिङमा केयर रेटिङ्स नेपालले दिएको छ। सानिमा क्यापिटल निष्काशन तथा बिक्री प्रबन्धक हो।
आवेदन सि-आस्बा सेवाबाट दिन सकिन्छ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै