नेपाल इन्भेष्टमेन्ट बैंकलाई ‘द बैंकर’को प्रतिष्ठित ‘बैंक अफ द इयर २०२२’ अवार्ड

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल) ले बेलायतको प्रतिष्ठित वित्तीय प्रकाशन द बैंकर (The Banker) ले प्रदान गर्ने ‘बैंक अफ द इयर २०२२–नेपाल (Bank of the Year 2022 – Nepal)’ अवार्ड जित्न सफल भएको छ।

लन्डनमा आयोजित विशेष समारोहमा बैंकका तत्कालीन अध्यक्ष पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे ले उक्त अवार्ड ग्रहण गरेका थिए।

योसँगै नेपाल इन्भेष्टमेन्ट बैंकले ‘बैंक अफ द इयर’ अवार्ड छैटौं पटक जित्दै नेपालको बैंकिङ क्षेत्रमा आफ्नो उत्कृष्टता पुनः स्थापित गरेको थियो।

सन् २००० देखि प्रदान हुँदै आएको द बैंकर बैंक अफ द इयर अवार्ड विश्व बैंकिङ क्षेत्रकै सबैभन्दा प्रतिष्ठित सम्मानमध्ये एक मानिन्छ। बेलायतको फाइनान्सियल टाइम्स (Financial Times) समूहअन्तर्गत प्रकाशित द बैंकर म्यागजिनले बैंकहरूको वित्तीय प्रदर्शन, नवप्रवर्तन, रणनीतिक नेतृत्व, डिजिटल रूपान्तरण, कर्पोरेट सुशासन तथा ग्राहक सेवाको गुणस्तरका आधारमा विजेता छनोट गर्ने गर्दछ।

नेपाल इन्भेष्टमेन्ट बैंकले वित्तीय स्थायित्व, उत्कृष्ट व्यावसायिक प्रदर्शन, प्रविधिमैत्री बैंकिङ सेवा तथा ग्राहककेन्द्रित रणनीतिका कारण यो सम्मान प्राप्त गरेको जनाएको थियो।

उक्त उपलब्धिले नेपाली बैंकिङ क्षेत्रको अन्तर्राष्ट्रिय प्रतिष्ठा अझ उकास्न महत्वपूर्ण योगदान पुर्‍याएको मानिएको छ। समारोहमा विश्वभरका विभिन्न देशका उत्कृष्ट बैंकका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै