PRABHU BANK

मेगा बैंकको साधारणसभा पुस ७ गते हुने, यस्ता छन् पेश गरिने प्रस्तावहरु

Mega bank
  • बैंकिङ संसार
काठमाडौं । मेगा बैंकको वार्षिक साधारणसभा हुने भएको छ । बैंकको साधारणसभा पुस ७ गते राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग काठमाडौंमा बिहान ११ बजे सुरु हुने भएको छ ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्ने भएको छ । यस्तै, सभाबाट नेपाल इन्भेष्टमेन्ट बैंकसँग १००ः९० सेयर स्वाप रेसियोमा मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि रहेको छ ।
साथै, दुई बैंकबीच मर्जरका लागि भएका सम्पूर्ण सम्झौताहरु अनुमोदन गर्ने एजेण्डा समेत रहेको छ । साधारण सभा प्रयोजनका लागि मांसिर २३ गते बुक क्लोज हुने बैंकले जानकारी गराएको छ ।
तसर्थ, मंसिर २२ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै