PRABHU BANK

कुमारी बैंकको साधारणसभा कार्तिक २१ गते हुने

  • बैंकिङ संसार
काठमाडौं । कुमारी बैंक लिमिटेडको साधारणसभा हुने भएको छ । बैंकको २२औं वार्षिक साधारणसभा कार्तिक २१ गते हुने भएको हो । सभा बैंकको नक्साल कार्यालय, काठमाडौँमा बिहान ११ बजे सुरु हुने भएको छ ।
सभामा कम्पनीले १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव रहेको छ । गाभ्ने-गाभिने र प्राप्ति गर्न सञ्चालक समितिबाट गठित मर्जर समितिले गरेको कार्य अनुमोदन गर्ने एजेण्डा समेत रहेको छ ।
साथै, सभाले नयाँ मर्जर समिति गठन गर्ने, मर्जर तथा प्राप्तिको सन्दर्भमा डीडीए नियुक्ति गर्ने लगाएत आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्ने भएको छ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १४ गते बुक क्लोज गरेको छ । हाल कुमारी बैंक र एनसीसी बैंक मर्जर प्रक्रियामा रहेकाले यसको कारोबार रोक्का रहेको छ । तसर्थ असोज १० गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै