प्रभु बैंकको करिब पौने १४ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौँ। प्रभु बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले करिब पौने १४ लाख कित्ता सेयर बिक्रीमा राखेको हो ।

बैंकको संस्थापक समूहको १३ लाख ७२ हजार ८७८ कित्ता सेयर बिक्रीमा राखिएको हो। उक्त सेयरमा हाललाई बैंकका संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

निवेदन ३५ दिनभित्र दिनुपर्नेछ। इच्छुक संस्थापक सेयरधनीहरुले तोकिएको मितिभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्न सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्