चेक अनादर मुद्दामा चापागाँउ बस्ने प्रकाश थापा पक्राउ, अब हुन्छ जेलको बास !

 काठमाडौँ। बैंकिङ कसुर मुद्दामा एक जना व्यक्ति पक्राउ परेका छन्।  पक्राउ पर्नेमा ललितपुरको चापागाँउ बस्ने प्रकाश थापा रहेका छन्।

चेक अनादर मुद्दामा दुई वर्ष कैद तोकिएका उनलाई प्रहरीले पक्राउ गरेको छ।

अदालतले थापालाई २ वर्ष कैद फैसला गरेपछि उनी फरार भएका  थिए। जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिइएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा गरिएकाे जनाएकाे छ।

हाल उनी प्रहरी नियन्त्रणमा छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्