PRABHU BANK

ग्रीन डेभलपमेन्ट बैंकको चौंथो त्रैमासको वित्तीय विवरण प्रकाशित, खुद नाफा कति ?

 Green Development Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौंथो त्रैमास वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले चौंथो त्रैमासमा २ करोड १३ लाख ३ हजार खुद नाफा गरेको वित्तीय विवरण प्रकाशित गरेको हो । बैंकले अघिल्लो वर्षको भन्दा यस वर्ष ८२ प्रतिशत बढीले खुद नाफा गरेको हो । अघिल्लो वर्ष बैंकले यसै अवधिमा १ करोड १७ लाख ५ हजार खुद नाफा गरेको थियो ।
बैंकको खुद व्याज आम्दानी ९.८८ प्रतिशत र सञ्चालन नाफा ८२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ७ करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले असार मसान्तसम्म आइपुग्दा ८ करोड १६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
बैंकको सञ्चालन नाफा पनि १ करोड ६२ लाख रुपैयाँबाट बढेर ३ करोड ४ लाख ३३ हजार पुगेको छ । असार मसान्तसम्म ग्रीनले १ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
हाल यसको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । यस्तै, बैंकको रिजर्भ कोषमा २ करोड ७६ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा ९६ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ३.८१ प्रतिशत रहेको ग्रीनको खराब कर्जा यो त्रैमाससम्म आइपुग्दा १.८५ प्रतिशत भएको छ । यसको प्रतिसेयर आम्दानी ४ रुपैयाँ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै