काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशन दिँदा पनि कर्मचारीलाई ओभरटाइम काम गर्न लगाइएको पाइएको छ। सिद्धार्थ, प्रभु, कुमारी लगायतका बैंकहरुमा बिना सहमति ओभरटाइम गर्न लगाइएको र सोको हिसाब पनि नगरिएको पाइएको हो ।
बैंकका विभिन्न शाखाहरुमा यस्तो बदमासी पाइएको हो । यस विषयमा थुप्रै गुनासो आउँदा र कतिपय गुनासो राष्ट्र बैंकमा पुग्दासमेत बैंकहरुले अटेरी गरिरहेको पाइएको छ ।

