विन नेपाल लघुवित्तको कार्यवाहक अध्यक्षको जिम्मेवारी कुमार राज जोशीलाई

काठमाडौँ। विन नेपाल लघुवित्त वित्तीय संस्थामा कार्यवाहक अध्यक्षको जिम्मेवारी कुमार राज जोशीले पाएका छन् । लघुवित्तको जेठ ११ गते बसेको सञ्चालक समितिको बैठकले संस्थामा कार्यवाहक अध्यक्षको जिम्मेवारी कुमार राज जोशीलाई दिएको हो।

लघुवित्तका अध्यक्ष डा. मदन गोपाल श्रेष्ठ वैदेशिक भ्रमणमा जान लागेकाले नफर्केसम्म कार्यवाहक अध्यक्षको जिम्मेवारी जोशीलाई दिने निर्णय गरेको हो।

यस वित्तीय संस्थामा अध्यक्षको हैसियतले गर्ने सम्पुर्ण कार्य गर्नका लागि सञ्चालक जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै