PRABHU BANK

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा ११ प्रतिशत लाभांश घोषणा

Nepal investment bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना लगानीकर्तालाई ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
यसर्थ, बैंकले यसपटक ७३ करोड २३ लाख १ हजार ६५३ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । यस्तै, १ अर्ब २८ करोड १५ लाख २७ हजार ८९३ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
उक्त प्रस्तावित लाभांश नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्तालाई वितरण सुरु गरिने बैंकले जनाएको छ ।
गत वर्ष इन्भेष्टमेन्टले ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै