PRABHU BANK

ग्लोबल आइएमई बैंकको ४३औं एक्सटेन्सन काउन्टर बाग्लुङ्गमा, डा.सूर्य पाठकद्धारा उद्घाटन

 Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिका वडा नं १४ बलेवा, नारायणस्थानमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो । बैंकले बाग्लुङ्गमा सञ्चालनमा ल्याएको ४३औं एक्सटेन्सन काउन्टर हो ।
बाग्लुङ्ग क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य डा.सूर्य पाठकले एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन् । बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै उक्त स्थानमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।
बैंकले देशभर २ सय ५९ वटा शाखा २ सय ३४ वटा एटिएम, २ सय १९ वटा शाखा रहित बैंकिङ्ग सेवा र ४३ वटा एक्सटेन्सन काउन्टर तथा राजश्व संकलन काउन्टरमार्फत आफ्ना सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यस्तै ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरुलाई पनि सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै