काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि चैत मसान्तसम्म वाणिज्य बैंकहरूको निक्षेपमा उल्लेखनीय वृद्धि देखिएको छ।
नेपाल बैंकर्स संघ का अनुसार २० वाणिज्य बैंकहरूको कुल निक्षेप ५ खर्ब ९७ अर्ब १७ करोड रुपैयाँले बढेर ७१ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ। गत असार मसान्तमा ६५ खर्ब ३० अर्ब ७९ करोड रुपैयाँ रहेको निक्षेप यस अवधिमा ९.१५ प्रतिशतले वृद्धि भएको हो।
यसै अवधिमा कर्जा प्रवाह पनि २ खर्ब ७६ अर्ब ३९ करोड रुपैयाँले बढ्दै ४९ खर्ब ७४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। निक्षेप संकलनमा ग्लोबल आइएमई बैंक लिमिटेड अग्रस्थानमा रहेको छ। बैंकको निक्षेप ८० अर्ब रुपैयाँले बढेर ६ खर्ब ५५ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। दोस्रो स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड को निक्षेप ९८ अर्ब रुपैयाँले वृद्धि भई ५ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको छ।
त्यस्तै, नबिल बैंक लिमिटेड को निक्षेप ५६ अर्ब रुपैयाँले बढेर ५ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड को निक्षेप ५२ अर्ब रुपैयाँले वृद्धि भई ५ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ भने लक्ष्मी सनराइज बैंक लिमिटेड को निक्षेप ३६ अर्ब रुपैयाँले बढेर ४ खर्ब ८ अर्ब रुपैयाँ पुगेको छ।
यसैगरी, कुमारी बैंक लिमिटेड को निक्षेप ११ अर्ब रुपैयाँले बढेर ३ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ। नेपाल बैंक लिमिटेड को निक्षेप ५२ अर्ब रुपैयाँले वृद्धि भई ३ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ भने हिमालयन बैंक लिमिटेड को निक्षेप ३१ अर्ब रुपैयाँले बढेर ३ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ। यता प्रभु बैंक लिमिटेड को निक्षेप भने ७ अर्ब रुपैयाँले घटेर ३ खर्ब ४० अर्ब रुपैयाँमा सीमित भएको संघले जनाएको छ।


