काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूको कर्जा प्रवाह उल्लेख्य रूपमा बढेको छ। समग्र बैंकिङ प्रणालीमा कर्जा २ खर्ब ७६ अर्ब रुपैयाँले वृद्धि भई कुल ५२ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्म यो रकम ४९ खर्ब ७४ अर्ब रुपैयाँमा सीमित थियो।
कर्जा प्रवाहमा ग्लोबल आईएमई बैंक लिमिटेड अग्रस्थानमा रहेको छ। बैंकको कर्जा ३५ अर्ब रुपैयाँले बढेर ४ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ। दोस्रो स्थानमा रहेको नबिल बैंक लिमिटेड को कर्जा ३८ अर्ब रुपैयाँले वृद्धि भई ४ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड को कर्जा ३ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ।
यसैगरी, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड को कर्जा ३ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ भने लक्ष्मी सनराइज बैंक लिमिटेड को कर्जा ३ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ। एभरेष्ट बैंक लिमिटेड र एनएमबी बैंक लिमिटेड दुवैको कर्जा २ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ।
हिमालयन बैंक लिमिटेड को कर्जा २ खर्ब ५९ अर्ब रुपैयाँ रहेको छ। यता प्रभु बैंक लिमिटेड को कर्जा ४ अर्ब रुपैयाँले घटेको छ भने एनआईसी एशिया बैंक लिमिटेड को कर्जा १९ अर्ब रुपैयाँले कमी आएको छ। साथै, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड को कर्जा १० अर्ब रुपैयाँले घटेको छ।


