National

एनआरएन लघुवित्तले बोलायो असोज १८ गते विशेष साधारण सभा, यस्ता छन् छलफलका विषयहरु

NRN Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभा हुने भएको छ । कम्पनीको विशेष साधारण सभा असोज १८ गते हुने भएको हो । लघुवित्तको साधरण सभा होटल दिनेश कैलालीमा बिहान ११ बजे सुरु हुने भएको छ । उक्त सभामा एफपीओ निष्कासन गर्ने विशेष प्रस्तावमाथि छलफल हुने कम्पनीले जनाएको छ । 
साथै लघुवित्तको नाम परिवर्तन गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि कम्पनीले सभामा लाने भएको छ । केन्द्रीय कार्यालय बूढानिलकण्ठ नगरपालिका काठमाडौंमा स्थापना गर्ने प्रस्ताव अनुमोदन गरिने कार्यक्रम समेत रहेको छ । त्यस्तै संचालक समितिमा संस्थापक समूहबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा रहेको छ भने सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा रहेको छ ।
एनआरएन लघुवित्त वित्तीय संस्थाले किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभेर गत असार २९ गतेदेखि एकिकृत कारोबार थालेको हो । यसअघि लघुवित्तले क्रिएटिभ र रामारोशन लघुवित्त वित्तीय संस्थालाई पनि आफुमा गाभेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै