National

एनआइबीएल एस क्यापिटलको साधारणसभा कात्तिकमा हुने, यस्ता छन् मुख्य एजेण्डा

NIBL ACE Capital
  • बैंकिङ संसार
काठमाडौं । एनआइबीएल एस क्यापिटलको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको ८औं साधारणसभा कात्तिक ५ गते हुने भएको हो । साधारणसभा कम्पनीको रजिष्टार्ड कार्यालय लाजिम्पाट काठमाडौंमा हुने भएको छ । सभा भने बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ । 
एनआइबीएल एसले चुक्ता पुँजीको २२.२२ प्रतिशत नगद लाभांश दिने (कर सहित) प्रस्ताव पेश गर्ने भएको छ । नगद लाभांश प्रयोजनका लागि कम्पनीले ६ करोड रुपैयाँ छुट्याएको छ ।
साधारणसभामा आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुने भएको छ । यस्तै आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेण्डा पनि रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै