prabhu

एनएमबि बैंकको १३ हजार कित्ता संस्थापक समूहको सेयर बिक्रीमा

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनी टंक प्रसाद रेग्मीको नाममा रहेको १३ हजार ३ सय ६२ कित्ता संस्थापक समूहको सेयर बैंकले बिक्री गर्ने भएको हो । 
बैंकले एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थापक सेयर खरिदको लागि सर्वप्रथम बैंकका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई निवेदन दिन आग्रह गरेको छ । 
इच्छुक सेयरधनीहरुले यस सूचना जारी भएको मितिले ३५ दिनभित्र निवेदन दिन सक्नेछन् । सेयरधनीहरुले आवश्यक कागजपत्र संकलन गरी निवेदन पेश गर्नु पर्नेछ ।
इच्छुक संस्थापक सेयरधनीहरुले कम्पनी सचिवको कार्यालय बबरमहल काठमाडौंमा आइपुग्ने गरि निवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै