बैंक खातामै मेयरले बुझे एक लाख घुस

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीविरुद्ध घुससम्बन्धी भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारको अनुसन्धानअनुसार सहायक सबइन्जिनियर मोहन शाहको करार सेवा अवधि आर्थिक वर्ष २०८१-८२ का लागि थप गरिदिने क्रममा मेयर वादीले बैंक खातामार्फत एक लाख घुस लिएको पुष्टि भएको हो । बैंक खातामै मेयरले एक लाख घुस बुझेको खुलासा भएको हो।

आर्थिक वर्ष २०८२-८३ का लागि पुन: सेवा अवधि थप गर्न मेयर वादीले थप एक लाख घुस माग गरेको तर रकम उपलब्ध नगराइएपछि शाहलाई सेवाबाट हटाइएको आरोप आयोगले लगाएको छ।

उक्त प्रकरणमा अघिल्लो आर्थिक वर्षमा घुस दिएको प्रमाणित भएपछि सहायक सबइन्जिनियर मोहन शाहविरुद्ध पनि अख्तियारले समान रूपमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै