सिटिजन्स बैंकमा करोडौं रुपैयाँ हिनामिना भएको खुलासा, अब के हुन्छ ?

काठमाडौँ। सिटिजन्स बैंकमा करोडौं रुपैयाँ हिनामिना भएको खुलासा भएको छ। सिटिजन्स बैंकको मोरङस्थित विराटनगर कञ्चनबारी शाखामा कार्यरत कर्मचारीहरूले करोडौं रुपैयाँ हिनामिना भएको खुलासा भएको हो।

बैंकका कर्मचारीहरूले नै करिब ५ करोड रुपैयाँ हाराहारी रकम हिनामिना गरेको प्रारम्भिक तथ्य फेला परेपछि उजुरी परेको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख कविद कटुवालले जानकारी दिएका छन् ।

हाल यस घटनाबारे थप अनुसन्धान भइरहेको खुलासा भएको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै