काठमाडौँ। स्रोत नखुलेको नगद १० लाखसहित काठमाडौंबाट दुई जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका १ जय नेपाल हल नजिकबाट स्रोत नखुलेको १० लाख ६३ हजार ८४० रुपैयाँसहित दुई जना पक्राउ परेका हुन् ।
काठमाडौं कपन बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-५ घर भएका २७ वर्षीय दिपक श्रेष्ठ र २५ वर्षीय सुनिल श्रेष्ठ पक्राउ परेका प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।
प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले हिटीपोखरीबाट नागपोखरीतर्फ जाँदै गरेको बाप्र ०२-५२ प ६९९४ नम्बरको स्कुटरमा सवार निजहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

