चैत महिनाका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, ६ बैंकको ब्याजदर घट्दा १४ बैंकको स्थिर !

काठमाडौँ। वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये चैत महिनाका लागि ६ बैंकले ब्याजदर घटाएका छन् भने १४ बैंकले ब्याजदर स्थिर राखेका छन् ।

बैंकहरूको ब्याजदर मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ औसत ४.४९ प्रतिशतमा कायम भएको छ । फागुनमा औसत ब्याजदर व्यक्तिगततर्फ ४.५७ प्रतिशत कायम थियो ।

यस्तै, चैतमा मुद्दती निक्षेपमा ब्याजदर संस्थागततर्फ औसत ३.२९ प्रतिशतमा कायम भएको छ । फागुनमा संस्थागततर्फ औसत ३.३३ प्रतिशत ब्याजदर थियो ।

चैतका लागी ब्याजदर घटाएको कृषि विकास बैंकले व्यक्तिगत मुद्धति निक्षेपमा ४.११ प्रतिशत , नेपाल बैंकले ४.५ प्रतिशत, कुमारी बैंकले ४.१२ प्रतिशत, ग्लोबल आइएमई बैंकले ४.५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ४.१५ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४.११ प्रतिशत ब्याज दिनेछन् ।

यस्तै, चैतका महिनामा फागुनको ब्याजदरलाई नै निरन्तता दिएको एभरेष्ट बैंकले व्यक्तिगत मुद्धति निक्षेपमा ४.२५ प्रतिशत , नेपाल एसबीआई बैंकले ४.२५ प्रतिशत, सिद्धार्थ बैंकले ४.२५ प्रतिशत, सानिमा बैंकले ४.५० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ४.५ प्रतिशत, सिटिजन्स बैंकले ४.५ प्रतिशत, प्रभु बैंकले ४.५५ प्रतिशत र माछापुच्छ्रे बैंकले ४.५ प्रतिशत ब्याज दिनेछन् ।

यता एनएमबि बैंकले ५ प्रतिशत, हिमालयन बैंकले ५ प्रतिशत, नबिल बैंकले ४.५५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ५ प्रतिशत र एनआईसी एशिया बैंक ५ प्रतिशत ब्याज दिनेछन् ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै