राष्ट्र बैंकद्वारा चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन

काठमाडौँ। राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ (दोस्रो संशोधन सहित) मा महत्वपूर्ण परिमार्जन गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा व्यवस्थापनमा थप लचकता प्रदान गरेको छ । बैंकले शुक्रबार एक सर्कुलर जारी गर्दै बैंकहरूलाई ‘पर्मानेन्ट वर्किङ क्यापिटल’ को आवश्यकताका लागि प्रवाह गरिने आवधिक कर्जाको अवधि आफ्नै नीति बमोजिम निर्धारण गर्न पाउने बाटो खोलिदिएको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले ‘पर्मानेन्ट वर्किङ क्यापिटल निड’ को लागि आवधिक प्रकृतिको कर्जा प्रदान गर्नुपर्ने उल्लेख गरेको छ ।

त्यस्तै, राष्ट्र बैंकले व्यवसायको चालू पुँजीको आवश्यकता मूल्यांकन गर्दा स्थिर प्रकृतिको आवश्यकता Permanent Working Capital Need लाई चालू पुँजी कर्जा नीति अनुसार आवधिक कर्जा प्रदान गर्नुपर्ने उल्लेख गरेको छ । यस्तो कर्जालाई चालूपुँजी प्रयोजनको आवधिक कर्जा मानिने जनाइएको छ ।

इजाजतपत्रप्राप्त संस्थाले चालू पुँजी कर्जाको आवश्यकता विश्लेषण गर्दा रु.२ करोडसम्म (उत्पादनमूलक उद्योगको हकमा रु.४ करोडसम्म) चालू पुँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा समेत Permanent Working Capital Need पहिचान भएमा बुँदा नं.३.२ (क) को सीमाको अधिनमा रही Fluctuating Working Capital Need को लागि १ वर्षभन्दा कम अवधिको कर्जा तथा Permanent Working Capital Need को लागि आवधिक प्रकृतिको चालू पुँजी कर्जा प्रदान गर्न सक्नेछन् ।

rastra bank notice

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै