सांग्रिला डेभलपमेन्ट बैंकको नाम प्रयोग गरी ठगीको प्रयास

काठमाडौँ। साङ्ग्रिला डेभलपमेन्ट बैंकको नाम प्रयोग गरी ठगीको प्रयास भएको पाइएको छ। सामाजिक सञ्जालमा बैंकको नाम दुरुपयोग गर्दै नक्कली अफर फैलाइएको पाइएको हो ।

‘सर्भे पूरा गर्दा १०हजार रुपैयाँ बोनस’ दिने भन्दै लिंक क्लिक गर्न लगाइने यस्तो विज्ञापन ठगीको प्रयास भएको बैंकले जनाएको छ।

बैंकले ग्राहकलाई ओटिपि, पिन, पासवोर्ड जस्ता गोप्य जानकारी कसैसँग पनि साझा नगर्न आग्रह गरेको छ। यस्ता लिंकमा क्लिक गर्दा खाता ह्याक हुने वा आर्थिक क्षति हुने जोखिम रहेको चेतावनी दिइएको छ।

बैंकका अनुसार यस्ता अफर आधिकारिक नभएकाले विश्वास नगर्न र शंकास्पद लिंक वा सन्देश देखेमा तुरुन्त बैंकलाई जानकारी दिन अनुरोध गरिएको छ।

 

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै