काठमाडौँ। नेपाली बजारमा आज (मंगलबार)सुनको मूल्य ३ हजार ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख १७ रुंपैयाँमा कारोबार भइरहेको छ ।
योसँगै सुन धितोमा राखेर बैंकबाट ऋण लिनेहरू बढेको पाइएको हो। सोमबार सुनको मूल्य ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी मूल्य प्रतितोला ३१० रुपैयाँले घटेको हो । आज चाँदी मूल्य तोलामा ५ हजार ७२०० रुपैयाँमा कारोबार भइरहेको छ ।
पछिल्लो समय सुनको मूल्य ह्वात्यै बढेपछि आफ्नो खर्च तथा व्यवहार मिलाउन सुन धितोमा राखेर बैंकबाट ऋण लिनेहरू बढेको पाइएको हो।
‘गोल्ड लोन’ लाई अन्य ऋणहरुको तुलनामा ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्ने छिटो र सहज माध्यमका रुपमा लिने गरिन्छ भने बैंकहरुले पनि यो शीर्षकको कर्जालाई सुरक्षित मान्ने गरेका छन् ।

