काठमाडौँ। फागुन २२ गते देशभर मतगणना भइरहेको छ। आज देशभर प्रतिनिधि सभा सदस्यको निर्वाचन, २०८२ को मतगणना भइरहेको हो।
हालसम्म प्राप्त विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २३ स्थानमा अगाडी रहेको छ। तर, नेपाली काँग्रेस एउटा स्थानमा मात्र आगाडी रहेको छ।
यता नेकपा एमाले भने ३ स्थानमा अगाडी रहेको भुझिएको छ।
त्यस्तै, काठमाडौँ निर्वाचन क्षेत्र नं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुआती अग्रता लिएको छ । हालसम्म गनिएका दुई हजार २४४ मतमध्ये रास्वपा उम्मेदवार डोलप्रसाद अर्यालले चार हजार २३४ प्राप्त गरेका छन्।
दाङ निर्वाचन क्षेत्र नम्बर १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । उक्त पार्टीका उम्मेदवार देवराज पाठकले एक हजार ५१५ मत प्राप्त गरेका छन्।

