के हुँदै छ राष्ट्रिय वाणिज्य बैंकमा ?

काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंकको लेखापरीक्षण सिइओ देवेन्द्र रमण खनालकै आफन्तबाट भएको तथ्य बाहिर आएपछि नियमनकारी निकाय आइक्यानमा खनाल र अडिट गर्ने प्रकाश लम्साल दुबैलाई कारवाही गर्नुपर्ने माग उठेको छ ।

लेखापरीक्षण पेशाकै बदनाम गर्नेगरी काम गरेको भन्दै उनीहरुलाई कारवाही गर्नुपर्ने माग उठेको हो ।

यता आइक्यानका कार्यकारी निर्देशक नै बैंकका पूर्व कर्मचारी भएकाले कारवाही हुने सम्भावना भने कम देखिएको आइक्यानका कर्मचारीहरुले जनाएका छन् ।

राष्ट्रिय वाणिज्य बैंक, अर्थात देशको एक मात्र पूर्ण सरकारी स्वामित्वको बैंक । राजनीतिले गिजोलिएको बैंकमा देशमा जेनजी आन्दोलन भएपछि केहि सुधारको अपेक्षा थियो । तर, अहँ ! बैंकको बदमासी रोकिएको छैन । बरु अध्यक्ष राष्ट्र बैंककै पूर्व हाकिम, सीइओ माओवादीको खास मान्छे, संचालक जेनजी सरकारका पूर्व मन्त्री पुनका पनि साझेदार, पूर्व मन्त्रीका पनि नातेदार ।

सीइओले बदमासी गरिहाले पनि सीइओका साढुदाई नै अडिटर  कसले रोक्ने, कसले छेक्ने राष्ट्रिय वाणिज्य बैंकको मनपरी ? पछिल्ला ४ घटनालाई बुझाउने कोसिस गर्दैछौँ, जसले राष्ट्रिय वाणिज्य बैंक कहिल्यै नसुध्रिने पीरलाई थप बल दिने भान भएको छ । यो पनि हेर्नुहोस्:

राष्ट्रिय वाणिज्य बैंकमा हदैसम्मको मनपरी, सिइओका साढुदाई नै अडिटर  कसले रोक्ने, कसले छेक्ने बैंकको मनपरी ?

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै