काठमाडौँ। हिमालयन बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले पौने १३ लाख बढी कित्ता सेयर बिक्रीमा राखेको हो ।
बैंकको संस्थापक समूहको १२ लाख ८२ हजार ५८८ कित्ता सेयर बिक्रीमा राखिएको हो।
उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।
इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र सेयर खरिदका लागि काठमाडौँको कमलादीस्थित बैंकको कानुन विभागमा निवेदन पेस गर्नुपर्ने बैंकले जनाएको छ।


