काठमाडौँ। नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङका लागि आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो सतर्कता अपनाउन आग्रह गरेको हो।
राष्ट्र बैंकले डिजिटल बैंकिङ कारोबारका लागि सार्वजनिक, नि:शुल्क वा अन्य कुनै पनि अनसेक्योर्ड नेटवर्क प्रयोग गर्दा व्यक्तिगत बैंकिङ विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हुन सक्ने जनाएको छ।
राष्ट्र बैंकले जारी गरेको सूचनामा भइएको छ, ‘नेटवर्कमा विभिन्न ह्याकर र वित्तीय अपराधीहरुसमेत जोडिएका हुन सक्ने भएकोले व्यक्तिको महत्वपूर्ण वित्तीय विवरणमा पहुँच पुर्याई सोको दुरुपयोग गर्न सक्छन्। तसर्थ आफ्नो व्यक्तिगत तथा बैंकिङ विवरणको सुरक्षा सुनिश्चित गर्न सुरक्षित र विश्वसनीय नेटवर्कमार्फत मात्र अनलाइन बैंकिङ कारोबार गर्नुपर्दछ। साथै, अनलाइन बैंकिङ कारोबार गर्दा बैंकको आधिकारिक वेबसाइट र एप्लिकेसनको प्रयोग गरी कारोबार गर्ने पासवर्ड र पिन कोड समय-समयमा परिवर्तन गर्नुपर्नेछ।’ सूचनासहित:



