National

प्रभु बैंक लिमिटेडको एक्स्टेन्सन काउन्टर सञ्चालनमा, रबिन्द्र श्रेष्ठद्धारा समुद्घाटन

Prabhu Bank
  • बैंकिङ संसार
काठमाडौं । प्रभु बैंकले एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले कास्कीको पोखरा महानगरपालिका वडा नं. ९ स्थित गण्डकी मेडिकल कलेज परिसरमा उक्त काउन्टर सञ्चालनमा ल्याएको हो । 
बैंकले असोज २१ गते बुधबारदेखि आफ्नो एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । उक्त एक्स्टेन्सन काउन्टर बुधबार बिहान १० बजे गण्डकी मेडिकल कलेजका प्राध्यापक प्रो.डा.रबिन्द्र श्रेष्ठले एक समारोहकाबीच समुद्घाटन गरेका हुन् । 
गण्डकी मेडिकल कलेजमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउन्टरबाट विहान ८ बजेदेखि साँझ ७ बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा गण्डकी मेडिकल कलेजमा आउने सम्पुर्ण सेवाग्राहीहरुलाई बैंकिङ सेवा उपलब्ध हुने बैंकले जनाएको छ । 
उपचारको सिलसिलामा गण्डकी मेडिकल कलेजमा आउने सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम विना झन्झट सरल एवम सहज रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टरमा जम्मा गर्न पाउने भएका छन् । 
यस एक्स्टेन्सन काउन्टर सञ्चालन पश्चात् मेडिकल कलेजको आर्थिक क्रियाकलाप बैंकिङ प्रणालीमार्फत हुने प्रशासनिक सहजता प्राप्त हुने विश्वास बैंकले लिएको छ । 
प्रभु बैंकले हाल देशभरी रहेको २ सय ८ वटा शाखा कार्यालय, १ सय ९२ वटा एटिएम, ५३ वटा एक्स्टेन्सन काउन्टर र १७ वटा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै