PRABHU BANK

सिभिल लघुवित्त वित्तीय संस्थाको ८९ हजार हकप्रद सेयर लिलामीमार्फत विक्री खुल्ला हुने

Civil Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर लिलामीमार्फत बिक्री खुल्ला हुने भएको छ । कम्पनीको संस्थापक समुहको ११ हजार ६ सय ८ कित्ता सेयर लिलामीमार्फत  बिक्री खुल्ला हुने भएको हो ।
यस्तै सर्वसाधारण समुहको भने ७७ हजार ८ सय ४२ कित्ता सेयर बिक्री खुल्ला हुने भएको हो । कम्पनीले संस्थापक समुहको र सर्वसाधारण समुहको गरी जम्मा ८९ हजार ४५० कित्ता सेयर लिलामीमार्फत विक्री गर्न लागेको हो ।
लिलामी सेयरमा कम्पनीकै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले पनि आवेदन दिन सक्ने भएका छन् । कम्पनीले भदौ २५ गतेदेखि असोज २९ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरमा विक्री नभएको सेयर लिलामीमार्फत विक्री खुल्ला गरेको हो ।
लगानीकर्ताले संस्थापक सेयरमा न्यूनतम १ हजार कित्तासम्म आवेदन दिन सक्ने भएका छन् भने सर्वसाधारण समुहको हकमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन गर्न सक्ने भएका छन् ।
सेयरको न्यूनतम मूल्य १०० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्ने भएको छ । कम्पनीको सेयर विक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै