छोरी जन्माउने आमालाई बैंक खातामा तीन हजार दिइने

काठमाडौँ। कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाले छोरी जन्माउने अभिभावकलाई प्रोत्साहन स्वरुप तीन हजार रुपैयाँ भत्ताको व्यवस्था गरेको छ । गाउँपालिकाले लैंगिक विभेद हटाउने उद्देश्यले छोरी जन्माउने आमालाई बैंक खातामा तीन हजार दिने व्यवस्था गरेको हो।
भत्ता लिन आउँदा विवाह दर्ता र बालिकाको जन्मदर्ता ल्याउनुपर्ने भएकाले यसले बालविवाहलाई रोक्ने अपेक्षा गरिएको छ ।
पालिकाले तेस्रो लिंगीलाई मासिक भत्ता दिने व्यवस्था पनि गरेको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै