काठमाडौँ। सिद्धार्थ बैंक सम्मानित भएको छ । ‘अवार्ड फर कर्पोरेट एक्सिलियन्स २०२५ कमर्सियल बैंकिङ क्याटेगोरी’ अवार्डबाट सिद्धार्थ बैंक सम्मानित भएको हो ।
कर्पोरेट क्लब नेपाल प्रा. लि.ले वार्षिक रुपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई सो अवार्डबाट सम्मानित गरेको हो । माघ १६ गते आयोजना भएको उक्त अवार्ड समारोहमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले उक्त अवार्ड ग्रहण गरेका थिए ।
मानव संसाधन व्यवस्थापन, संस्थागत सुशासन तथा उत्कृष्ट कार्यसम्पादनमा बैंकले पुर्याएको योगदानको कदरस्वरूप यो सम्मान बैंकलाई प्रदान गरिएको हो ।


