MAX TIGER

६ महिनामा प्रभु बैंकले कमायो १ अर्ब १ करोड नाफा, ईपीएस ८.६२ रुपैयाँ कायम, खराब कर्जा ७.९४ प्रतिशत !

काठमाडौँ। प्रभु बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले चालु आर्थिक वर्ष २०८२-८३ को दोस्रो त्रैमास (साउन-पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो ।

जसअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिना पुससम्म बैंकले १ अर्ब १ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१-८२ को सोही अवधीसम्म बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको यो नाफा अघिल्लो वर्षको तुलनामा २४.०८ प्रतिशतले घटेको हो । समीक्षा वर्षसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३५ करोड ६४ लाख रुपैयाँले ऋणात्मक रहेको छ। बैंकको वितरणयोग्य मुनाफा अघिल्लो वर्ष ३ अर्ब ३३ करोड १३ लाख रुपैयाँले ऋणात्मक थियो।

चालु वर्षको पुसम्म बैंकको सञ्चालन मुनाफा १ अर्ब ९६ करोड ६५ रुपैयाँमा भएको छ। दोस्रो त्रैमाससम्म बैंकले ४ अर्ब ९८ करोड ४० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। चुक्तापुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङ ३ अर्ब ३५ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने रिजर्भमा १४ अर्ब २२ करोड ७० लाख रुपैयाँ रहेको छ। बैंकले समीक्षा वर्षसम्म ३ खर्ब ४० अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २७ अर्ब ३२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ७.९४ प्रतिशतमा पुगेको छ भने बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ८.६२ रुपैयाँ कायम भएको छ। पीई रेसियो २१.२७ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४६.१७ रुपैयाँ रहेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्