ग्राफिक र युआई डिजाइनरलाई कामना सेवा विकास बैंकमा अवसर

काठमाडौँ। कामना सेवा विकास बैंकले कर्मचारी माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।

बैंकले केन्द्रीय कार्यालयको लागि ग्राफिक डिजाइनर र युआई डिजाइनर माग गरेको हो। इच्छुकले सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ।

काम गरेको अनुभव भएकालाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ। आवेदन ३५ वर्षभन्दा मुनीकाले दिनुपर्ने उल्लेख गरेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्