६ महिनामा नेपाल बैंकले कमायो १ अर्ब बढी नाफा

काठमाडौँ। नेपाल बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले चालु आर्थिक वर्ष २०८२- ८३ को पहिलो ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको हो।

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै १ अर्ब बढी नाफा कमाएको देखाएको छ। बैंकले १ अर्ब ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४६ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

पुस मसान्तसम्ममा बैंकले ४ अबै ४४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको ४ अर्ब ६२ करोड खुद ब्याज आम्दानी गरेको थियो।

बैंकको चुक्ता पूँजी १४ अर्ब ६९ करोड ४० लाख रहेको छ भने २४ अर्ब ७८ करोड २४ लाख रुपैयाँ छ।

बैंकको वितरणयोग्य मुनाफा पुस मसान्तसम्ममा ९१ करोड ४९ लाख रुपैयाँ ऋणात्मक रहेको छ। बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४९ पैसा बढेर १७ रुपैयाँ ७६ पैसा पुगेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्