सांग्रिला डेभलपमेन्ट बैंकले कमायो ३० करोड नाफा, बैंकको नाफा ५३.९५ प्रतिशतले बढ्यो, ईपीएस १६.२१ रुपैयाँ कायम !

काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले चालु आर्थिक वर्ष २०८२-८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो।

बैंकले दोस्रो त्रैमाससम्म ३० करोड २५ लाख खुद नाफा कमाएको छ । अघिल्लो वर्ष २०८१-८२ को सोही अवधिसम्म बैंकले १९ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ५३.९५ प्रतिशतले बढेको छ। समीक्षा अवधिसम्म बैंकले ४५ करोड १३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ।

अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २८ करोड ३२ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो। अघिल्लो वर्षको तुलनामा सञ्चालन मुनाफा पनि ६९.३३ प्रतिशतले बढेको छ।चालु वर्षको पहिलो ६ महिनामा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८ करोड ८० लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको तुलनामा १८.४९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ९१ करोड ८२ लाख रुपैयाँ थियो।

त्यस्तै, बैंकको वितरणयोग्य मुनाफा ९ करोड ४६ लाख रुपैयाँ रहेको छ भने चुक्तापुँजी ३ अर्ब ७३ करोड ४० लाख रुपैयाँ रहेको बैंकको रिटेन्ड अर्निङमा ९ करोड ४६ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ८९ करोड ३३ लाख रुपैयाँ रहेको छ। चालु आर्थिक वर्षको पुससम्म बैंकले ५४ अर्ब ३९ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४४ अर्ब ४० करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

यता समीक्षा अवधिसम्म बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १६.२१ रुपैयाँ कायम भएको छ भने बैंकको पीई रेसियो २४.७८ गुणा र प्रतिसेयर नेटवर्थ १५३.२४ रुपैयाँ रहेको छ।

 

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै