प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले सवा ७ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

बैंकको संस्थापक समूहको ७ लाख २७ हजार ५४३ कित्ता सेयर बिक्रीमा छ । सो सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सकिने बैंकले जनाएको छ।

इच्छुक संस्थापक सेयरधनीले सेयर खरिदका लागि ३५ दिनभित्र काठमाडौँको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्