उन्नती सहकार्य लघुवित्तले लाभांश नदिने

काठमाडौँ। उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ। लघुवित्तले एक सूचना जारी गर्दै आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने जनाएको हो।

लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई दिनुपर्ने लाभांश वितरण नगर्ने भएपछि सेयरधनीहरु चिन्तित बनेको पाइएको छ। लघुवित्तको माघ ६ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

यतीसम्मकी संस्थाले उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ। राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारणसभामा पेस गरिने लघुवित्तले जनाएको छ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै