PRABHU BANK

सिद्धार्थ बैंकले गर्यो मनमोहन स्मृति सामुदायिक अस्पताललाई आर्थिक सहयोग, ज्ञानेन्द्र महर्जनद्धारा रकम हस्तान्तरण

Siddhartha Bank
  • बैंकिङ संसार
काठमाडौं । सिद्धार्थ बैंकले सामुदायिक अस्पताललाई आर्थिक सहयोग गरेको छ । बैंकले फर्पिङस्थित मनमोहन स्मृति सामुदायिक अस्पताललाई १ लाख ३० हजार रूपैयाँ सहयोग सहयोग प्रदान गरेको हो । 
बैंकका हेड अफ सर्कल अफिस कुमारीपाटीको ज्ञानेन्द्र महर्जनले मनमोहन अस्पतालका कार्यवाहक अध्यक्ष पूर्ण बहादुर शाहीलाई उक्त रमक हस्तान्तरण गरेका हुन् । बैंकले उक्त सहयोग कार्तिक ६ गते बिहिबार मनमोहन स्मृति सामुदायिक अस्पताललाई हस्तान्तरण गरेको हो ।
बैंकबाट प्राप्त रकम मनमोहन स्मृति सामुदायिक अस्पतालले बिरामी कुरुवा बेड खरिद गरी कुरुवा मैत्री अस्पताल बनाउनका लागि उपयोग गर्ने भएको छ । उक्त सहयोगबाट अस्पतालका बिरामी तथा बिरामी कुरुवालाई केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै