PRABHU BANK

नेपाल बङ्गलादेश बैंकको मुस्कान सेवा नेपाललाई ३ लाख रुपैयाँ आर्थिक सहयोग

Nepal Bangladesh Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले अनाथालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले मुस्कान सेवा नेपाल अनाथालयलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्तिक ६ गते सिपाडोल वडा नं ८ सूर्यविनायक भक्तपुरस्थित उक्त अनाथालयलाई सो मात्राको रकम हस्तान्तरण गरेको हो । 
बैंकको केन्द्रिय कार्यालयमा एक कार्यक्रमकाबीच नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंहले मुस्कान सेवा नेपालकी अध्यक्ष भवानी गुरुङ्गलाई सो रकम हस्तान्तरण गरेका हुन् । 
उक्त अनाथालयमा अहिले ५ छात्र तथा ७ छात्राहरु आश्रित छन् । २ वर्ष अगाडिदेखि धेरै पटक डेरा सर्न परेकोले मुस्कान सेवा नेपाल अनाथालयले आफ्नै भवन निमार्ण गरिरहेको छ । सोही भवन निमार्णका लागि नै उक्त रकम प्रदान गरिएको हो ।
साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिक्तामा राख्दै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने बैंकले जनाएको छ ।
बैंकले आफ्नो संस्थागत नारा नै “हामी सबैको बैंक” भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवन स्थरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको पनि जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै