National

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंक लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले १ अर्ब २७ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । 
बैंकले एक सूचना प्रकाशन गर्दै उपदान तथा पेन्सन कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको जानकारी दिएको छ । यस्तै उक्त रकम बैंकले २७३ दिनका लागि बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको हो ।
नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब १ करोड ६० लाख, ‘ख’ वर्गको विकास बैंकमा १९ करोड ५ लाख रुपैयाँ र ‘ग’वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ६ करोड ३५ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।
यस्तै बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदरसमेत खुलाएर राष्ट्र बैंकमा निवेदन पेश गर्नुपर्ने भएको छ । त्यस्तै निवेदन भने कार्तिक १६ गते दिउँसो ३ः३० बजेसम्म राष्ट्र बैंकमा पेश गर्नुपर्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

loan