काठमाडौँ। प्राइम कमर्सियल बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ। गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको हो।
बैंकको पुष ३ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्नेछ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिने बैंकले जनाएको छ।


