काठमाडौँ। सेन्ट्रल फाइनान्सले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
गत आर्थिक वर्षको लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार कुनै पनि लाभांश वितरण नगरी वित्तीय विवरण स्वीकृतिका लागि कम्पनीले नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।


