PRABHU BANK

प्राइम कमर्सियल बैंकद्धारा नयाँ व्याजदर सार्वजनिक, कुन खातामा कति छ व्याज ?

Prime Bank
  • बैंकिङ संसार
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले कार्तिक १८ गते मंगलबारदेखि लागु हुने गरि नयाँ व्याजदर सार्वजनिक गरेको हो । 
बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरअनुसार न्युनतम ५ प्रतिशत र अधिकतम ७.२५ प्रतिशत व्याजदर कायम गरेको छ । बैंकले मुद्दत्ती निक्षेपको संस्थागततर्फ ३ महिना देखि ६ महिनासम्मका लागि ५ प्रतिशत व्याजदर तोकेको छ । 
यस्तै ६ महिनादेखि २ वर्षसम्मका लागि भने ७ प्रतिशत व्याजदर प्रदान गर्ने भएको छ । बैंकले २ वर्ष भन्दा माथिका लागि भने ७.२५ प्रतिशतसम्म व्याजदर कायम गरेको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै