काठमाडौँ। स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले २४औँ वार्षिक साधारण सभा बोलाएको छ। लघुवित्तले एक सूचना जारी गर्दै २४औँ वार्षिक साधारण सभा पुस २५ गते, शुक्रबार बोलाएको हो।
सभा लिसारा रिसेप्सन, नक्सालमा बिहान ११ बजे शुरु हुने भएको हो। सभाले हाल कायम चुक्ता पूँजीको ५.६३६५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ४.३६३५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
साथै, सभाले हाल कायम संस्थापक सेयरमध्ये ९ प्रतिशतविन्दुले हुन आउन संस्थापक सेयरलाई सर्वसाधारणमा परिणत गरी संस्थापक र सर्वसाधारण सेयरको अनुपात ५१:४९ कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न तथा अन्य उपयुक्त लघुवित्तसंग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।
सभाले सञ्चालक समितिमा भएको स्वतन्त्र सञ्चालक र प्रतिनिधि सञ्चालकको नियुक्ति सम्बन्धि जानकारी गराउने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि अनुमोदन गर्नेछ।



