काठमाडौँ। कुमारी बैंकले वार्षिक साधारण सभा गर्ने भएको छ। बैंकले पुस ३० गते २५औं वार्षिक साधारण सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे गर्ने भएको हो।
बैंकको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो । बैंकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
साथै, साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ। बैंकको सहायक कम्पनी कुमारी क्यापिटल र केबीएल सेक्युरिटिज लिमिटेडको गत आवको वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण सभाले पारित गर्ने भएको छ।
त्यस्तै, चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गर्ने भएको छ। बैंकले साधारणसभा प्रयोजनार्थका लागि पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।




